कर्णालीमा विश्व वातावरण दिवस मनाइयो

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज विश्व वातावरण दिवस मनाएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपभोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृतिको सही तरिकाले उपभोग गर्ने कुरा र प्रकृतिसँग संघर्ष गर्ने कुरामा मानिसहरु पछि परिरहेको तर्क राखे । बिरुवा रोप्दै उनले मानिसले तत्कालको सुखका लागि दीर्घकालीन विपद् निम्त्याइरहेको बताए ।
प्लाष्टिकजन्य पदार्थबारे उनले त्यसको विकल्पमा धेरै कुराहरु भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । उनले अगाडि भने,‘विगतमा विवाह समारोहमा सालको टपरी बुन्ने चलन र त्यसको प्रयोग गरिन्थ्यो तर, अहिले बजारबाट प्लाष्टिक ल्याउने र प्रयोग गर्ने काम भइरहेको छ । यो एउटा समस्यासँगै तत्कालको सुख खोजीका लागि दीर्घकालीन विपद् निम्त्याइरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी
-
सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति
-
एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
-
ग्यासमा कर दक्षिण एसियाकै उच्च
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना