कर्णालीमा विश्व वातावरण दिवस मनाइयो
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज विश्व वातावरण दिवस मनाएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपभोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृतिको सही तरिकाले उपभोग गर्ने कुरा र प्रकृतिसँग संघर्ष गर्ने कुरामा मानिसहरु पछि परिरहेको तर्क राखे । बिरुवा रोप्दै उनले मानिसले तत्कालको सुखका लागि दीर्घकालीन विपद् निम्त्याइरहेको बताए ।
प्लाष्टिकजन्य पदार्थबारे उनले त्यसको विकल्पमा धेरै कुराहरु भएपनि प्रयोगमा ल्याउन नसकिएको बताए । उनले अगाडि भने,‘विगतमा विवाह समारोहमा सालको टपरी बुन्ने चलन र त्यसको प्रयोग गरिन्थ्यो तर, अहिले बजारबाट प्लाष्टिक ल्याउने र प्रयोग गर्ने काम भइरहेको छ । यो एउटा समस्यासँगै तत्कालको सुख खोजीका लागि दीर्घकालीन विपद् निम्त्याइरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण