न्यायाधीशले खोजिरहे संगठित ‘नेक्सस चार्ट’ लाई पुष्टि गर्ने आधार
काठमाडौँ । शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सङ्गठित ‘नेक्सस चार्ट’ लाई पुष्टि गर्ने आधार खोजेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतले तयार गरेर अभियोग पत्रसँगै बुझाएको सङ्गठित ‘सम्बन्ध चार्ट’ को ग्राफिक्स देखाउँदै न्यायाधीशले सोधेका छन्–‘लिङकेज मुख्य कुरा हो, लिङ्कलाई तथ्यमा कसरी जोड्नुहुन्छ ?’
अनुसन्धान अधिकृतले केशव दुलाल, सानु भण्डारी र डा. ईन्द्रजित राईले कसरी शरणार्थीको नाममा ठग्ने योजना बनाए र बालकृष्ण खाणसम्म कसरी ‘कनेक्सन’ जोडियो भन्नेबारे ‘सम्बन्ध चार्ट’ अदालतमा बुझाएका छन् । जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश न्यौपाने मिशिलबाट सम्बन्ध चार्ट झिक्छन् र बहसकर्तालाई सोध्छन्– ‘यो लिङ्कलाई तथ्यमा जोड्नुपर्दैन ?’
थुनछेक बहस सुरु भएको पहिलो दिन केशव दुलाल हुँदै पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणसम्मको नेक्सस पुष्टि गर्न आग्रह गरेका न्यायाधीशले सोमबार पनि सोधे– ‘नेक्सस त फ्याक्ट (तथ्य)मा हुनुपर्छ नि ?’
न्यायाधीश न्यौपानेले ग्राफिक्स चार्ट देखाउँदै थपे– ‘यहाँ फिगर मात्र आएको छ, फोन भयो भन्दैमा प्रेमप्रसादलाई मुद्दा लैजान मिल्छ र ?’ फोन सम्पर्कको आधारमा मात्र प्रतिवादी बनाउन नमिल्ने उल्लेख गर्दै न्यायाधीश न्यौपानेले भने–‘चार्ट त बनाउनुभो तर, चार्टलाई पुष्टि गर्ने स्रोत कहाँ छ ? पुष्टिको स्रोत अभियोग पत्रमा किन लेख्नुभएन ?’
न्यायाधीश न्यौपानेको प्रश्नको जवाफ दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले भने–‘पुष्टिको आधार चाहिन्छ, हामीले अभियोग पत्रमा सो आधार लेखेनौँ त्यसैले त बहस गर्दैछौं ।’
जिल्ला न्यायाधिवक्ता भट्टराईले नेक्ससको आधार पुष्टि गर्न सक्ने बताए । न्यायाधीश न्यौपानेलाई अझै चित्त बुझेन । उनले फेरि सोधे–‘अनुसन्धान अधिकृतले बनाएको चार्ट भन्नुहुन्छ, पुष्टिको आधार लेख्नुहुन्छ, त्यसरी हुन्छ ?’
जिल्ला न्यायाधिवक्ता भट्टराईले सरकारी गाडी प्रयोग गरेर सचिवको कोठामा पैसाको लेनदेन गरेर आरोपीहरूले ‘ह्वाइट कलर क्राइम’ गरेको जिकिर गरेका छन् । सोमबार भट्टराई र अर्का जिल्ला न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण