एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक
क्यार्लिफोनिया । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको छ । यो विश्वको सबैभन्दा पातलो १५ इन्चको म्याबुक होृ । यसको गति इन्टेल आधारित म्याकबुक एयर भन्दा १२ गुणा बढी छ। एप्पलको नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ ।
एप्पलको विश्वव्यापी विकासकर्ता सम्मेलन जुन छ मा भारतीय समय अनुसार राति १०ः३० बजे सुरु भएको थियो । साथै, एप्पलले भिजन प्रो नामक भर्चुअल रियालिटी हेडसेटसमेत लन्च गरेको छ। कार्यक्रममा एप्पलले १५ इन्चको डिस्प्लेको म्याकबुक एयर र म्याक स्टुडियो मोडल सार्वजनिक गरेको छ ।
एप्पलले एम टु अल्ट्रा चिपसेट भएको नयाँ म्याक्स स्टुडियो लन्च गरेको छ। यो इन्टेलमा आधारित म्याक प्रो भन्दा ३ गुणा छिटो रहेको कम्पनीको दाबी छ, जसले १९२ जीबीको आन्तरिक मेमोरी प्राप्त गर्नेछ। यो कार्यक्रम क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा जुन ९ सम्म चल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण