एन्ज पोस्टेकोग्लु स्पर्सका नयाँ म्यानेजर नियुक्त
लण्डन । प्रिमियर लिग क्लब टोटनहम हटस्पर्सले एन्ज पोस्टेकोग्लुलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । उनीसँग क्लबले चार वर्षको करार सम्झौता गरेको हो ।
यसअघि ५७ वर्षीय म्यानेजरले लगातार दुई सिजन सेल्टिकसँग स्कटिस प्रिमियर लिगको उपाधि जित्न सफल भएका थिए । सन् २०१८–१९ सिजनमा माउरिसियो पोचेटिन्होले क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याए यता उनी क्लबमा भित्रिएका चौथो म्यानेजर हुन् । उनीभन्दा अघि जोसे मोरिन्हो, नुनो इस्पीरितो सान्तो र एन्टोनियो कोन्टेले क्लबको नेतृत्व सम्हालिसकेका छन् ।
गत मार्चमा कोन्टेले छाडेपछि क्लब नयाँ म्यानेजरको खोजीमा रहेको थियो । यसबीचमा क्रिस्टियन स्टेलिनी र रायन मेसनले अन्तरिमरुपमा क्लबको नेतृत्व सम्हालेका थिए । पोस्टेकोग्लु प्रिमियर लिगमा म्यानेजर बन्न लागेका पहिलो अस्ट्रेलियन हुन् । दुई सिजन सेल्टिकमा रहँदा उनले उपलब्ध ६ मध्ये ५ वटा ट्रफी उचालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण