यामको 'कार्साङ'मा दयाहाङ अनुबन्धित
बुधबार, २४ जेठ २०८०, १३ : ५१
काठमाडौं । अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् ।
फिल्ममा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा छायाकारमा पुरुषोत्तम प्रधान अनुबन्धित भएका छन् । फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका–६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिनेछ’, शेर्पाले भने । उनले फिल्म सामाजिक कथामा बन्ने खुलाए । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण