बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुँगुरको रगतबाट पिउने पानी

बुधबार, २४ जेठ २०८०, १७ : १६
बुधबार, २४ जेठ २०८०

विश्वमा विज्ञानका कारण धेरै कुरा फेरिएको छ र धेरै कुरा फेरिने वाला छ । यसका केही हानी त केही फाइदा पनि छन् । यस्तै केही यस्ता प्रविधि पनि तयार गरिँदै छ जुन हाम्रो सोचभन्दा निकै अघि छ । यस्तै प्रविधि बेल्जियमको एक कम्पनीले विकास गरेको छ ।

बेल्जियमको वेभेजेलमा बनेको कम्पनी भेओस पशु प्रोटिन उत्पादनको आपूर्तिमा माहिर छ । यसले जनावरको रगत र कोलाजेनलाई उच्च गुणस्तरको प्रोटिन पाउडरमा रूपान्तरण गर्छ, जुन मानिस र जनावरहरूको खानामा प्रयोग गरिन्छ । अहिलेसम्म यो कम्पनीले जमिनमुनिबाट पानी निकालेर आफ्नो काममा प्रयोग गर्ने गर्दथ्यो तर अहिले फरक विकल्प खोजेको छ ।

रगतलाई पानीमा परिणत

कम्पनीले सुँगुरको रगत राख्न प्रयोग गरिने ट्याङ्कीलाई पानीले धुने गरेको थियो र यसमा धेरै पानी खर्च हुने गर्दथ्यो । यस्तो अवस्थामा कम्पनीले १७ करोड ६६ लाखभन्दा बढीको लगानीमा सुँगुरको रगतबाट पिउने पानी बनाउन सकिने यस्तो वाटर प्युरिफिकेसन इन्स्टलेसन स्थापना गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोबर्ट स्ली यस इन्स्टलबाट दैनिक डेढ लाख लिटर पानी पाउन सकिने बताउँछन् ।

pig blood waterयसरी बन्छ रगतबाट पानी...

उनले प्रविधिबारे कुरा गर्दै सबैभन्दा पहिला रगतलाई उमालिने र बाफको रूपमा जुन पानी आउँछ त्यसलाई चिसो पारेर त्यसलाई पानीमा परिणत गरिने बताए । 

यो नयाँ पानी प्रशोधन केन्द्रबाट प्राप्त पानी उत्पादनमा प्रयोग गरिनेछ । यसले ४० प्रतिशत पानी बचत गर्न मद्दत गर्नेछ । यो पानीले ट्याङ्की सफा गर्न सकिनेछ र यसलाई पिउन पनि सकिनेछ । यसको स्वाद ठ्याक्कै पानी जस्तै हुनेछ – न कुनै गन्ध, न रङ नै ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप