दुर्योधन पनि शासनमा लुब्ध थियो तर स्वाभिमानी थियो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड जसरी पनि सत्ता लम्ब्याउने खेलमा लागेको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई दुर्योधनसँग दाँज्दै प्रचण्ड पथको कुनै उद्देश्य र गन्तव्य नभए पनि सत्ता जोगाउने योजना मात्र रहेको बताए ।
उनले प्रचण्डलाई सत्ता लोलुप र लेण्डुप दोर्जेसँग पनि तुलना गरे । ‘देशको माया नभएको कायर सत्ता लोलुपहरुलाई देशको माया र चिन्ता हुँदैन’, ओलीको भनाइ छ । ‘गीताको पुस्तक लिएर हलो जोत्न गयो भने गोरुले थाहा पाउँदैन । किताब किन देखाएको भन्ने ज्ञानगुन उसले ग्रहण गर्दैन । लौरो देखायो भने अलिकति छिटो हिँड्छ’, उनले भने, ‘किनभने उसले लौरो बुझ्छ गीता, वेद, बाइबल र कुरान बुझ्दैन ।’
उनले देशको अवस्था भयावह भए पनि प्रचण्ड जानी बुझी शासन लम्ब्याउनेबाहेक कुनै चिन्ता र चासो नरहेको बताए । ‘जसरी भए पनि सत्ता प्राप्त गर्ने, त्यसका लागि जहाँ जे जसरी । गेरुबस्त्र भिरेर, भैँसी पुजेर, रुद्राक्ष बोकेर, सेतो वस्त्र लाएर बाउको क्रिया बस्दा छोरो पनि मारेकै हो’, ओलीले भने, ‘शासनमा लुब्ध दुर्योधन पनि त्यस्तै थियो तर उ स्वाभिमानी थियो । यो चाहिँ प्रचण्ड पथ हो । प्रचण्ड पथ प्रचण्ड छउन्जेल रहिरहन्छ । यो भनेको गन्तव्य र उद्देश्य नभएको सत्ता स्वार्थ मात्र भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण