सांसद डिल्लीराज पन्तले उखान भनेपछि हरि ढकालको नियमापत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसद डिल्लीराज पन्तले उखान भनेपछि नियमापत्ति जनाएका छन् । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि ढकालले नियमापत्ति जनाएका हुन् ।
सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको र बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भन्दै आफूले समर्थन गरेको बताए । सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति जनाए । उनले संसद्को रेकर्डबाट सो उखान हटाउन सभामुखलाई आग्रह गरे । ढकालले नियमापत्ति जनाएपछि सो उखान भनेकोमा सांसद पन्तले क्षमायाचना गरे ।
सांसद पन्तले धनगढीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने कुरा आएको तर बजेटमा प्रतिष्ठान बनाउने कुरा आएको बताउँदै गेटा कलेजमाथि राजनीतिक खेलबाड भएको बताए ।
प्रधानमन्त्रीले विश्वविद्यालय बनाउने भनेको तर फेरि अर्थमन्त्रीले प्रतिष्ठान बनाउने कुरा गरेको बताउँदै विश्वविद्यालय बनाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने
-
कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
-
प्रहरी नायव निरीक्षक खड्का उत्कृष्ट अनुसन्धानकर्ता
-
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी
-
विशेष आर्थिक क्षेत्र प्राधिकरणको कर्मचारी नियुक्तिमा महालेखाको प्रश्न