सांसद डिल्लीराज पन्तले उखान भनेपछि हरि ढकालको नियमापत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सांसद डिल्लीराज पन्तले उखान भनेपछि नियमापत्ति जनाएका छन् । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि ढकालले नियमापत्ति जनाएका हुन् ।
सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको र बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भन्दै आफूले समर्थन गरेको बताए । सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति जनाए । उनले संसद्को रेकर्डबाट सो उखान हटाउन सभामुखलाई आग्रह गरे । ढकालले नियमापत्ति जनाएपछि सो उखान भनेकोमा सांसद पन्तले क्षमायाचना गरे ।
सांसद पन्तले धनगढीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने कुरा आएको तर बजेटमा प्रतिष्ठान बनाउने कुरा आएको बताउँदै गेटा कलेजमाथि राजनीतिक खेलबाड भएको बताए ।
प्रधानमन्त्रीले विश्वविद्यालय बनाउने भनेको तर फेरि अर्थमन्त्रीले प्रतिष्ठान बनाउने कुरा गरेको बताउँदै विश्वविद्यालय बनाउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण