रास्वपाकी सांसद सुमनाले नियमापत्ति गरेपछि रोष्टम पुगेका स्वर्णिमले बोल्न पाएनन्
शुक्रबार, २६ जेठ २०८०, १५ : २९
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महत प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्षका लागि प्रस्तुत बजेटमाथि भइरहेको छलफलका क्रममा पटक-पटक अर्थमन्त्री महतको खोजी भएको थियो ।
अर्थमन्त्री राष्ट्रियसभामा सांसदहरुको जवाफ दिन गएका थिए । तर राष्ट्रियसभाको बैठक सकिएपछि पनि अर्थमन्त्री नआएपछि राष्ट्रिय स्वतन्त्र पार्टीर्की सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेकी थिइन् ।
उनले नियमापत्ति गरेपछि रोष्टममा पुगेका उनकै पार्टीका सांसद स्वर्णिम वाग्लेले बोल्न पाएनन् । सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण