माओवादीले बनायो नयाँ भ्रातृ संगठन, देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा रिटर्नी सेन्टर
काठमाडौँ । नेकपा माओवादी केन्द्रले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय रिटर्नी सेन्टर नेपाल नामक नयाँ भ्रातृ गठन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सङ्गठित गर्ने उद्देश्यले प्रथम राष्ट्रिय भेला गरेर रिटर्नी सेन्टरको गठन गरिएको हो ।
सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय तदर्थ समिति गठन गरिएको नेता निमेष ओलीले बताए । ‘अहिले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय कमिटी मात्रै बन्ने छ । अरू पदाधिकारी हुने छैनन्’ ओलीले भने, ‘सात प्रदेशमा प्रदेशमा सहसंयोजक, सचिव र आर्थिक विभाग प्रमुख बनाएर पालिकासम्म विस्तार गर्ने छौँ ।’
आगामी ६ महिनाभित्र अधिवेशन गरेर केन्द्रदेखि पालिकासम्मको नेतृत्व टुङ्गो लगाइने ओलीले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पार्टीमा जोड्नुका साथै उनीहरूको सीप र क्षमता सदुपयोग गर्ने नीति पार्टीले बनाएको छ । माओवादीले पहिलो पटक रिटर्नी सेन्टर बनाएर विदेशबाट फर्किएका युवालाई संगठित गर्न लागेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण