बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दादुराको जस्तै लक्षण देखिने बिरामी ६५ जना

शुक्रबार, २६ जेठ २०८०, १९ : ११
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । तीन दिनअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएपछि दादुराको ब्रेकआउट भएको थियो । 

गोकर्णेश्वर नगरपालिका–९ जोभो कदम्पा विद्यालयका ४ चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यसैबीच, कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने दादुराको जस्तो लक्षण ६५ जनामा देखिएको परिवार कल्याण महाशाखाले जनाएको छ । तीन दिनअघि दादुराको जस्तै लक्षण देखिने दर ५२ जना  थियो ।

दादुराको लक्षण देखिने बिरामीको ८ वर्षदेखि ३८ वर्षसम्म रहेको पाइएको छ । हाल दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप