मिश्रले वितरण गरे विद्यालयलाई पंखा
शनिबार, २७ जेठ २०८०, १५ : ००

काठमाडौँ । तराई मधेशमा अत्याधिक गर्मी बढेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यालयलाई पंखा वितरण गरेका छन् । आफ्नो जन्म दिनको अवसरमा उनले गर्मीलाई मध्यनजर विद्यालयलाई पंखा वितरण गरेका हुन् । अत्याधिक गर्मी बढेपछि कक्षाकोठामा चिसोपन बढाउनका लागि पंखा वितरण गरिएको मिश्रले बताए ।
सर्लाही रामनगर गाउँपालिका–१ स्थित श्री बच्चु महेश्वरी आधारभूत विद्यालयलाई पंखा प्रदान गरिएको हो । विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा आएका मिश्रले शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न सहयोग गर्दै आएका छन् । गतवर्ष पनि उनले आफ्नो जन्म दिनमा विद्यार्थीको हकहित तथा प्रोत्साहन स्वरूप कार्यक्रम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने
-
बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ
-
क्लब विश्वकपमा बराबरीमा रोकियो मेस्सीको मियामी
-
कोशी प्रदेशका सात आर्थिक वर्ष ः के–के भयो प्रगति ?
-
मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै