मिश्रले वितरण गरे विद्यालयलाई पंखा
शनिबार, २७ जेठ २०८०, १५ : ००
काठमाडौँ । तराई मधेशमा अत्याधिक गर्मी बढेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यालयलाई पंखा वितरण गरेका छन् । आफ्नो जन्म दिनको अवसरमा उनले गर्मीलाई मध्यनजर विद्यालयलाई पंखा वितरण गरेका हुन् । अत्याधिक गर्मी बढेपछि कक्षाकोठामा चिसोपन बढाउनका लागि पंखा वितरण गरिएको मिश्रले बताए ।
सर्लाही रामनगर गाउँपालिका–१ स्थित श्री बच्चु महेश्वरी आधारभूत विद्यालयलाई पंखा प्रदान गरिएको हो । विद्यार्थी पृष्ठभूमिबाट राजनीतिमा आएका मिश्रले शिक्षा क्षेत्रलाई सुधार गर्न विभिन्न सहयोग गर्दै आएका छन् । गतवर्ष पनि उनले आफ्नो जन्म दिनमा विद्यार्थीको हकहित तथा प्रोत्साहन स्वरूप कार्यक्रम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण