मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अर्थ समिति र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

सोमबार, २९ जेठ २०८०, ०९ : १६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । अर्थ समितिको बैठक सोमबार बस्दैछ । बैठक आज बिहान १० बजेबाट सिंहदरबारमा शुरु हुनेछ । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै, आज नै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा एकीकृत निर्वाचन कानुन तर्जुमा सम्बन्धमा, जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा आयोगको धारणाका विषयमा र निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारको विषयमा छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप