नयाँ स्टक एक्सचेञ्जबारे छलफल गर्न अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्षलाई बोलाउँदै
काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने प्रक्रिया अघि बढाएको विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने भएको छ । आज सोमबार बसेको समितिको बैठकका सदस्यहरुले बोर्डलाई बोलाउन भनेपछि आगामी बैठकमा बोलाउने निर्णय गरेको हो ।
समितिमा अधिकांश सदस्यले यसअघि समितिले दिएको निर्देशनलाई अटेरी गर्दै बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको असन्तुष्टि जनाएका थिए । सांसद पदम गिरीले यसअघि समितिले दिएको निर्देशनलाई बोर्डले अटेरी गरेकोप्रति असुन्तुष्टि पोखे ।
‘समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न भनेपनि अघि बढेको छ,’ गिरीले भने, ‘यसबारे बुझ्न आगामी बैठकमा बोर्डलाई बोलाउनुपर्छ ।’ यस्तै, सांसद नारायणी शर्माले समेत आगामी बैठकमा बोर्डलाई नै बोलाएर छलफल गर्नुपर्ने माग राखेकी थिइन् ।
यससँगै, समितिका जेष्ठ सदस्य सन्तोष चालिसेले समितिको आगामी बैठकमा बोर्डलाइ नै बोलाउने र गहन छलफल गर्ने निर्णय गरेका हुन् । उनले भने, ‘बजारमा नयाँ स्टक एक्सचेञ्जबारे धेरै विषय उठेको छ । यसबारे छलफल गर्न बोर्डका अध्यक्षलाई बैठकमा बोलाउन पर्ने विषय आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण