सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर
सोमबार, २९ जेठ २०८०, १६ : ०२
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा १ तहको फरक व्यवस्था गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले भने, ‘नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले सेनेटरी प्याडको निकासी समेत गर्न सक्ने क्षमताका भएकाले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर १ प्रतिशत कायम गरिएको हो ।’
तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगहरुलाई संरक्षण गर्न नसकिने भएकाले तयारी वस्तुको आयातमा लाग्ने महसुल सामान्य वृद्धि गरी कच्चा पदार्थ र तयारी वस्तुको बीचको फरक एक तह गरिएको अर्थमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण