सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर
सोमबार, २९ जेठ २०८०, १६ : ०२

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा १ तहको फरक व्यवस्था गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले भने, ‘नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले सेनेटरी प्याडको निकासी समेत गर्न सक्ने क्षमताका भएकाले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर १ प्रतिशत कायम गरिएको हो ।’
तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगहरुलाई संरक्षण गर्न नसकिने भएकाले तयारी वस्तुको आयातमा लाग्ने महसुल सामान्य वृद्धि गरी कच्चा पदार्थ र तयारी वस्तुको बीचको फरक एक तह गरिएको अर्थमन्त्रीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी र लेबलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण
-
गण्डकीको नीति तथा कार्यक्रम : राइड सेयरिङमा सङ्घलाई चुनौती
-
रौतहटमा ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते
-
अन्तर्राष्ट्रिय स्पेस स्टेसन जाँदैछन् भारतीय पाइलट
-
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
-
पूर्व सभामुख सापकोटाको मुद्दामा वरिष्ठ अधिवक्तालाई न्यायाधीशको प्रश्न : न्याय मार्न मिल्छ ?