शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कांग्रेस रुपान्तरण अभियान

कांग्रेसमा ‘रुपान्तरण अभियान’ रहर कि बाध्यता ?

महाधिवेशन सकिएको डेढ वर्षसम्म पनि कोषाध्यक्षविहीन कांग्रेस, विभाग पनि भएन गठन
बुधबार, ३१ जेठ २०८०, ०६ : ४६
बुधबार, ३१ जेठ २०८०

काठमाडौं । जेठको टन्टलापुर घाम, देशभर बढ्दो तापक्रमका बीच नेपाली कांग्रेसका केही युवा नेताले ‘कांग्रेस रुपान्तरण अभियान’ घोषणा गरी प्रदेशस्तरमा कार्यकर्ता भेला गरे । सबैजसो राजनीतिक दलका संगठनहरु एजेण्डाविहीन भएर ओइलाएको अवस्थामा देशव्यापी अभियान लिएर कांग्रेसका ती युवा विभिन्न प्रदेशको दौडाहामा निस्किँदा कार्यकर्ता पनि केही हदसम्म चलायमान देखिए ।

नेपाली कांग्रेसका युवा नेताहरुले जेठको दोस्रो सातादेखि सुरु गरेको ‘रुपान्तरण अभियान’ अन्तर्गत पहिलो चरणका कार्यक्रम लगभग अन्त्यतिर आइपुगेको छ । सातै प्रदेश र डायस्पोरा भेला गरी पार्टीमा देखिएका विकृति र स्वेच्छाचारी प्रवृत्ति विरुद्ध खबरदारी गर्ने, कार्यकर्ताहरुको सुझाव संकलन गर्ने र नेतृत्वलाई सच्चिन दबाब दिने उद्देश्यले थालिएको कार्यक्रम उत्तरार्द्धमा पुगेको हो ।

जसअनुसार जेठ ३१ (आज) कोशी प्रदेशको इहटरीमा रुपान्तरण अभियानले भेला गर्दैछ । प्रदेशस्तरीय भेला अन्तर्गत यो अन्तिम कार्यक्रम हो । यसपछि असार ३ गते भर्चुअल माध्यमबाट डायस्पोराको भेला गरेपछि पहिलो चरणको कार्यक्रम समापन हुने कांग्रेसका युवा नेता गुरुराज घिमिरे बताउँछन् ।

350129108_1190436842355756_4316907195448869724_n

उनी यस कार्यक्रमबाट उत्साहित छन् । निर्वाचन भर्खरै सकिएको थियो, कुनै पनि राजनीतिक दलले कार्यकर्ता तहमा कार्यक्रम सञ्चालनको तत्काल आवश्यकता महसुस नगरेको समयमा कांग्रेसका देशभरका कार्यकर्तालाई जोड्ने गरी आफूहरुले रुपान्तरण अभियान सञ्चालन गरेको र कार्यकर्ताबाट पाएको ‘रेस्पोन्स’ ले उत्साहित भएको घिमिरेको भनाइ छ ।

रुपान्तरण अभियानको औचित्य के ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको डेढ वर्षसम्म पनि विधान बमोजिम केन्द्रीय समितिलाई पूर्णता दिने, विभागहरु गठन गर्ने, भ्रातृ संगठनहरुलाई पूर्णता दिने र चलायमान बनाउने काम नभएको जस्ता कारणले गर्दा आफूहरु प्रचण्ड गर्मीका बाबजुद देशव्यापी अभियान लिएर हिँड्नु परेको घिमिरेले बताए ।

‘अब कुरेर बस्ने बेला छैन,’ उनले भने, ‘पुराना पार्टीभित्र देखिएको विकृतिलाई नै उजागर गर्दै नयाँ पार्टीहरुले आफ्ना एजेण्डा बनाएर मतदातालाई आकर्षित गरिरहेका छन् । यस्तो अवस्थामा कांग्रेसलाई चाँडोभन्दा चाँडो रुपान्तरण गरी कार्यकर्ता र मतदातालाई आकर्षित गर्नुपर्छ भनेर हामी अभियानमा जुटेका हौं ।’

कांग्रेसका अर्का युवा नेता भुपेन्द्रजङ्ग शाही पनि पार्टी विधानसम्मत् ढंगले अघि बढ्न नसक्दा आफूहरुले कार्यकर्ताको भावना बुझ्न र उनीहरुको सुझाव नेतृत्व तहसम्म पु¥याउन रुपान्तरण अभियानमार्फत देशभर पुगेको बताउँछन् ।

‘पार्टीका ४८ वटा विभाग छन्, हरेक विभाग ५१ सदस्यीय हुन्छ,’ शाहीले भने, ‘विधान बमोजिम यी विभागले पूर्णता पाएको भए अहिले दुई हजार चार सय ४८ साथीहरु कुनै न कुनै विभागको जिम्मेवारीमा हुन्थे । तर महाधिवेशन सम्पन्न भएको डेढ वर्षसम्म पनि नेता–कार्यकर्ताहरुलाई जिम्मेवारीविहीन तुल्याएर पार्टीलाई नै शिथिल बनाउने काम भएको छ ।’

सिङ्गो पार्टीको हितलाई केन्द्रबिन्दुमा राखेर आफूहरु अभियानमा निस्किएको शाही बताउँछन् । उनले यो अभियान कसैका विरुद्ध लक्षित नरहेर सिङ्गो पार्टीको हितलाई केन्द्रबिन्दुमा राखेर सञ्चालन गरिएको दाबी गरे ।

congress rupanteran3

‘२०७४ को निर्वाचनको तुलनामा २०७९ को संसदीय निर्वाचनमा मतदाता बढेको प्रतिशत र नेपाली कांग्रेसले पाएको समानुपातिक मत हेर्नुस्, कांग्रेसको मत घटेको छ । कार्यकर्तामा निराशा छ,’ उनले भने, ‘यति नै बेला नयाँ पार्टीहरुप्रति रुझान बढ्दै गइरहेको छ । यस्तो अवस्थामा पनि परम्परागत रुपबाट पार्टी चलाएर मतदातालाई आकर्षित गर्न सकिँदैन । विधानलाई मिचेर अघि बढ्दा त आफ्नै कार्यकर्तालाई समेत जोगाउन सकिँदैन । त्यसैले हामी ती मतदाता र कार्यकर्ताको भावना बुझ्न र पार्टी नेतृत्वसम्म उनीहरुको कुरा पु¥याउन यो अभियानमा लागेका हौं ।’

युवा नेता घिमिरेका अनुसार १४ औं महाधिवेशन सम्पन्न भएको १८ महिना बित्दा पनि पार्टीभित्र रुपान्तरणको नतिजा देखिएन । ‘पार्टी परम्परागत र गुटगत रुपमै चल्यो । गुटबन्दी अस्वस्थ रुपबाट अझ बढेर गयो । तीन तहका निर्वाचनमा गुटगत रुपबाटै उम्मेदवारी वितरण गरियो । पार्टीभित्रका अवसर पनि गुटगत रुपबाटै वितरण गरियो,’ उनले भने, ‘पार्टीमा न्याय, मूल्याङ्कन भएन । यसले आम कार्यकर्तामा निराशा बढ्यो । वैशाख १० मा भएको उपनिर्वाचनमा पनि हामीले आफ्नो गढ गुमाउनु प¥यो । भ्रातृ संस्थाहरु एक प्रकारले कोमामा पुगे ।’

पार्टीलाई विधानसम्मत् हिँडाउन नसक्ने अवस्थामा उनीहरु किन त्यो असक्षमताको भारलाई काँधमा हालेर पदमा बसिरहन्छन् भन्नेबारे पनि चासो बढेको छ । पार्टीमा युवा पुस्ताबीच नै तालमेल हुन नसकेको त होइन भन्नेबारे पनि आशंका उब्जिएको छ ।

विधानले मार्गनिर्देश गरेका कमिटी पनि बन्न नसकेको, विस्तार हुन नसकेको अवस्था एकातिर रहँदा अर्कोतिर नयाँ पार्टीहरुको दबदबा बढेको घिमिरे बताउँछन् । ‘चुनौतीहरु एकपछि अर्को थपिँदै गए तर हामीले पार्टी चलाउने परम्परागत ढर्रा बदल्नै चाहेनौं,’ उनले भने, ‘केही भएकै छैन, सबै सामान्य छ भनेझैँ गरेर पार्टी चल्यो । त्यसैले देशभरिका कार्यकर्ताको भनाइ के छ, उनीहरुको आकांक्षा के छ भनेर एकमुष्ट रुपमा सुझाव एकत्रित गर्न पनि हामीले यो अभियान सञ्चालन गरेका हौं ।’

सातै प्रदेश र डायस्पोराबाट आएका सुझावलाई समेटेर पार्टीलाई प्रतिवेदन बुझाउने उनको भनाइ छ । ‘पार्टीले यसको स्वामित्व लिएर यसलाई संस्थागत बनायो भने ठिकै छ, नत्र अर्को चरणमा हामी जानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यकारी भूमिकामा रहेका युवा पुस्ता कति सक्षम ?

१४ औं महाधिवेशनबाट कांग्रेसमा उमेरको हिसाबले युवादेखि प्रौढसम्म कार्यकारी भूमिकामा छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा युवा पुस्ताका प्रभावशाली नेता मानिन्छन् । यद्यपि, महाधिवेशन सम्पन्न भएको डेढ वर्षसम्म केन्द्रीय कार्यसमितिले पूर्णता नपाउनु, यहाँसम्म कि कोषाध्यक्ष मनोनयनसम्म हुन नसक्नु, विभागहरुलाई पूर्णता दिन नसक्नु जस्ता असक्षमताको भारी उनीहरुको काँधमा कति पर्छ भन्नेबारे पनि स्वाभाविक रुपमा प्रश्न उठ्छ ।

पार्टीलाई विधानसम्मत् हिँडाउन नसक्ने अवस्थामा उनीहरु किन त्यो असक्षमताको भारलाई काँधमा हालेर पदमा बसिरहन्छन् भन्नेबारे पनि चासो बढेको छ । पार्टीमा युवा पुस्ताबीच नै तालमेल हुन नसकेको त होइन भन्नेबारे पनि आशंका उब्जिएको छ ।

तर रुपान्तरण अभियानका एक सारथि गुरुराज घिमिरे भने पार्टीको कार्यकारी भूमिकामा रहेका युवा साथीहरु दोहोरो जिम्मेवारीमा रहेको तर्क गर्दछन् । ‘जनतालाई आश्वस्त बनाउने, पार्टीका साथीहरुलाई आश्वस्त बनाउने दायित्व पनि एकातिर उहाँहरुमा छ,’ उनले भने, ‘अर्कोतिर पार्टीको विधानले पनि उहाँहरु बाँधिनुभएको छ, उहाँहरुले गर्नुपर्ने काम विधानले नै तोकेको छ । उहाँहरु एकै पटक सडकमा आउन मिल्दैन ।’

यद्यपि पार्टी विधानसम्मत् ढंगले चल्न नसकेको विषयमा पार्टीको कार्यकारी भूमिकामा रहेका युवा साथीहरुले आवाज उठाइरहेको घिमिरे बताउँछन् ।

उनले भने– कार्यकारी भूमिकामा रहेका साथीहरुले पनि पछिल्लो समय आएर ‘हामीले कोसिस ग¥यौं तर सकेनौं, अब या त रुपान्तरण गर्छौं या विद्रोह गर्छौं’ भन्नुभएको छ ।

congress rupantaran2

अर्का युवा नेता शाही भने पार्टी नेतृत्वले गर्न चाहेन वा गरेन भन्दैमा पदाधिकारीको भूमिकामा रहेका युवा नेता जिम्मेवारीबाट पन्छिन नमिल्ने तर्क गर्दछन् । ‘काम गर्न सकिँदैन भने जिम्मेवारीमा रहनुको अर्थ पनि हुँदैन, यो कुरा उहाँहरुले बुझ्नु भएकै होला,’ उनले भने, ‘पार्टीको पदाधिकारी पनि जिम्मेवार र निर्णायक तह हो । पार्टीमा सुधार गर्न, परिवर्तन ल्याउन, संगठनलाई गतिशील बनाउन, सभापतिलाई ट्रयाकमा ल्याउन उहाँहरुको पनि दायित्व रहन्छ ।’

‘शून्यमा रहेको कांग्रेसलाई गतिशील बनाउने प्रयास’

कांग्रेसका युवा नेता शाही संगठनको क्रियाशीलताका हिसाबले कांग्रेस शून्यमा रहेको अवस्थामा आफूहरुले रुपान्तरण अभियानमार्फत गतिशील बनाउन प्रयास गरेको बताउँछन् ।

युवा नेता गुरुराज घिमिरे यो अभियानको पहिलो चरणका कार्यक्रम सम्पन्न भएपछि देशव्यापी र डायस्पोराबाट आएका सुझावलाई समयसीमा दिएर पार्टीलाई बुझाउने र त्यो सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्दछन् ।

‘साँच्चै भन्ने हो भने चुनावपछि कांग्रेसमा सन्नाटा छ, संगठनको क्रियाशीलता शून्य छ,’ उनले भने, ‘यस्तो अवस्थामा रहेको पार्टीमा रुपान्तरण चाहिन्छ कि चाहिँदैन ? पदाधिकारी वा केन्द्रीय समितिले नै यो अभियान चलाएको भए हुन्थ्यो, पार्टी यत्तिकै एक नम्बर छ, सधैँ एक नम्बर नै रहन्छ भन्ने हो भने ठिक छ, नत्र त संगठन चलायमान बनाउनैपर्छ, कार्यकर्ताको भावना सुन्नैपर्छ ।’

यसकै लागि आफूहरु गर्मी, घाम नभनी खटिरहेको शाहीको भनाइ छ । ‘गर्मीमा एयर कन्डिसनभित्र बसेर सामाजिक सञ्जालमा दुई चार शब्द लेख्दैमा पार्टी चल्दैन,’ उनले भने, ‘कार्यकर्ताको कुरा सुन्न ठाउँठाउँ पुग्नुपर्छ, कार्यकर्ताको भावना अनुसार उनीहरुलाई समेत समेटेर पार्टीलाई अघि बढाउनुपर्छ ।’

rupantaran

युवा नेता गुरुराज घिमिरे यो अभियानको पहिलो चरणका कार्यक्रम सम्पन्न भएपछि देशव्यापी र डायस्पोराबाट आएका सुझावलाई समयसीमा दिएर पार्टीलाई बुझाउने र त्यो सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्दछन् ।

उनले भने, ‘समयसीमाभित्र पार्टीले त्यसको स्वामित्व लिएर कार्यान्वयन गरेमा ठिकै छ, नत्र जिल्ला निर्वाचन क्षेत्रसम्म त्यसलाई लिएर हामी अर्को चरणमा जान्छौं । जनवर्गीय संगठनहरु, शुभेच्छुक संस्थासम्म पनि हामी यसलाई लिएर जान्छौं । सीमान्तकृत समुदायसम्म पु¥याएर यसलाई मुलुककै एजेण्डा बनाउँछौं ।’

कांग्रेसमा रुपान्तरण ल्याएरमात्र आफूहरुको अभियान रोकिने घिमिरे बताउँछन् । ‘हामी पद वा भागबण्डाका लागि होइन, पार्टी विधिसम्मत् ढंगले चलोस्, विधान अनुसार चलोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । यसलाई लोकतान्त्रिक विधिबाटै सञ्चालन गरेर सबैको आकर्षणको केन्द्र बनाउनतिर नेतृत्वले ध्यान दिनुपर्छ ।’

कांग्रेस रुपान्तरण अभियान युवा नेता घिमिरे, शाहीका अतिरिक्त जगदीश्वर नरसिंह केसी, मधु आचार्य, डा. गोविन्द पोखरेल, रञ्जित कर्ण, विक्रम खनाल, धर्मेन्द्र नेम्वाङ, भरत खड्का लगायतले अघि बढाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप