इङ्लिस प्रिमियर लिगको खेल तालिकामा आज सार्वजनिक गरिने
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको आगामी (सन् २०२३/२४) सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरिने भएको छ । स्थानीय समय अनुसार, बिहीबार विहान नौ बजे खेल तालिका सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।
आगामी सिजनको प्रिमियर लिगका लागि तीनवटा क्लब नयाँ छन् । च्याम्पियनसिपबाट तीनवटा क्लब प्रिमियर लिगमा उक्लिएका हुन् । प्रिमियर लिगमा उक्लिएका नयाँ क्लब बर्नली, सेफिल्ड युनाइटेड र लुटन टाउन हुन् ।
लुटन टाउनले ३१ वर्षपछि प्रिमियर लिग खेल्न लागेको हो । बर्नली एक वर्ष र सेफिल्ड युनाइटेड दुई वर्षको अनुपस्थितिपछि पुनः प्रिमियर लिगमा फर्किएका हुन् । प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्त १२ तारिखदेखि सुरु हुनेछ ।
प्रिमियर लिगको अन्त्य भने सन् २०२४ को मे १९ तारिखमा हुनेछ । यसपटक प्रिमियर लिगमा आर्सनल, एस्टन भिल्ला, बर्नमाउथ, ब्रेन्टफोर्ड, ब्राइटन एन्ड होभे अल्बियन, बर्नली, चेल्सी र क्रिस्टल प्यालेस रहेका छन् ।
यसैगरी एभर्टन, फुलहाम, लिभरपुल, लुटन टाउन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, न्युक्यासल युनाइटेड, नटिङ्घम फरेष्ट, सेफिल्ड युनाइटेड, टोट्टनहम हट्सपर, वेस्ट हाम युनाइटेड र उल्भरह्याम्पटन वन्डरर्सले पनि यो सिजनको प्रिमियर लिग खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण