बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्लिस प्रिमियर लिगको खेल तालिकामा आज सार्वजनिक गरिने

बिहीबार, ३२ जेठ २०८०, १० : ३८
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको आगामी (सन् २०२३/२४) सिजनको खेल तालिका बिहीबार सार्वजनिक गरिने भएको छ । स्थानीय समय अनुसार, बिहीबार विहान नौ बजे खेल तालिका सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।
 

आगामी सिजनको प्रिमियर लिगका लागि तीनवटा क्लब नयाँ छन् । च्याम्पियनसिपबाट तीनवटा क्लब प्रिमियर लिगमा उक्लिएका हुन् । प्रिमियर लिगमा उक्लिएका नयाँ क्लब बर्नली, सेफिल्ड युनाइटेड र लुटन टाउन हुन् ।

लुटन टाउनले ३१ वर्षपछि प्रिमियर लिग खेल्न लागेको हो । बर्नली एक वर्ष र सेफिल्ड युनाइटेड दुई वर्षको अनुपस्थितिपछि पुनः प्रिमियर लिगमा फर्किएका हुन् । प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्त १२ तारिखदेखि सुरु हुनेछ ।

प्रिमियर लिगको अन्त्य भने सन् २०२४ को मे १९ तारिखमा हुनेछ । यसपटक प्रिमियर लिगमा आर्सनल, एस्टन भिल्ला, बर्नमाउथ, ब्रेन्टफोर्ड, ब्राइटन एन्ड होभे अल्बियन, बर्नली, चेल्सी र क्रिस्टल प्यालेस रहेका छन् ।

यसैगरी एभर्टन, फुलहाम, लिभरपुल, लुटन टाउन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, न्युक्यासल युनाइटेड, नटिङ्घम फरेष्ट, सेफिल्ड युनाइटेड, टोट्टनहम हट्सपर, वेस्ट हाम युनाइटेड र उल्भरह्याम्पटन वन्डरर्सले पनि यो सिजनको प्रिमियर लिग खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप