पर्यटन मन्त्री किरातीले पशुपतिनाथका ‘चोर’लाई संरक्षण गरेको प्रेम आलेको आरोप

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टाचारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संरक्षण गरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई विभागीय मन्त्रीले संरक्षण गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘मूर्ति तथा बहुमूल्य सामग्री चोरिएको छ सभामुख महोदय, कोषको अध्यक्ष, मन्त्री, पदाधिकारी मस्त निद्रामा छन् । गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ । गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरू विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाउनका लागि यही जेठ २५ गते स्पष्टीकरण सोधिएको छ ।’
यस्तै सांसद आलेले नेपाल बायुसेवा निगम महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको र ऋण ५० अर्ब नाघिसकेको बताउँदै ३ महिनामा निगमले ४ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्रीले संचार ध्यममा झुट बोलेको बताए । उनले यसरी जनतालाई भ्रम छर्न नपाइने बताउँदै सदनमार्फत स्पष्ट पार्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन