राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु भयो नर्सिङ पढाई
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले नयाँ शैक्षिक सत्रसँगै नर्सिङ अध्ययन–अध्यापन सुरु गरेको छ । प्रतिष्ठानले मंगलवार एक कार्यक्रमको आयोजना गरी बिं.एस.सी. नर्सिङ र बि.एन.एस कार्यक्रममा भर्ना भएको प्रशिक्षार्थीहरूलाई स्वागत गरेको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकास लामिछाने, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्रशिक्षार्थीहरुलाई फूलमाला सहित संयुक्त रूपमा स्वागत गरेका थिए ।
तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिएको थियो । राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेसँगै नर्सिङ अध्ययन अध्यापनको चर्चा चलिरहेको थियो । तर स्थापना भएको झन्डै पाँच वर्ष पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाई सुरु गरेको छ ।
पूर्वाधार विकास अभावका कारण हालसम्म शैक्षिक कार्यक्रम अन्तर्गत जना गरी बिं.एस.सी. नर्सिङ र बि.एन.एस अध्ययन कार्यक्रम मात्रै सुरु गरेकाले पूर्वाधार विकास निर्माणले पूर्णता पाएसँगै प्रतिष्ठान विशेषज्ञ चिकित्सक शिक्षा अध्ययन पनि सञ्चालन गर्ने प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकास लामिछानेले बताए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङको स्वास्थ्य सेवा क्षेत्रसँगै स्वास्थ्य अध्ययन अध्यापन क्षेत्रमा समेत अब्बल बन्न आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्टार प्रकाश थापा लगायतका शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण