जनकपुर यातायात व्यवस्था कार्यालयबाट एक बिचौलिया पक्राउ
बिहीबार, ३२ जेठ २०८०, १८ : ०२
जनकपुरधाम । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ। प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १४ का २६ वर्षीय सुवास कुमार राउत पक्राउ गरेका हुन्।
यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूसँग काम छिटो छरितो गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी उनलाई बिहीबार २ बजे पक्राउ गरेको हो ।
शुक्रवार यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण