शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

अभियुक्तको पक्षमा १८ जना वरिष्ठ अधिवक्ताको बहस

पीडितको तर्फबाट ४ कानुन व्यवसायी
बिहीबार, ३२ जेठ २०८०, २१ : ४६
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ‘ठगी धन्दा’ चलाएको मुद्दामा ११ औँ दिनसम्म लगातार बहससँगै थुनछेक बहस पुरा भएको छ । सो मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका छन् ।

जेठ २१ बाट शुरु भएको थुनछेक बहस बिहीबार सकिएको छ । शुक्रवार सरकारी वकिलले जवाफ दिएपछि आरोपितहरूलाई रिहा गर्ने वा थुनामा पठाउने बारे निर्णय हुन्छ । शरणार्थी प्रकरणमा सरकारी वकिल तथा पीडित तर्फका कानुन व्यवसायीले ३ दिन र प्रतिवादी तर्फका कानुन व्यवसायीले ८ दिन बहस गरेका छन् ।

प्रतिवादीहरूका तर्फबाट १८ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरे । जाहेरवालाको तर्फबाट निजी कानुन व्यवसायी अधिवक्ता भद्र प्रसाद नेपाल, हरि प्रसाद कँडेल, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र राधिका चौलागाईंले बहस गरेका छन् ।

पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, जिल्ला न्यायाधिवक्ताहरु जनकप्रसाद घिमिरे, सिताराम अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई, सुरबहादुर परियार, प्रकाश घिमिरे, निर्मला मरासिनी र हिरालाल भोलनले बहस गरे ।

प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, सुशील पन्त, शिवप्रसाद रिजाल, रमेश बडाल र बालकृष्ण न्यौपाने सहित १८ जनाले प्रतिरक्षा गरे । शरणार्थीको नाममा सङ्गठित रूपमा ठगी धन्दा चलाउनेहरूको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरुमा प्राडा नृसिंहकुमार खत्री, रमनकुमार श्रेष्ठ, विनोद कार्की, बालकृष्ण ढकाल र प्रकाश केसी छन् ।

वरिष्ठ अधिवक्ता देवेन्द्रबहादुर थापाले पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीको तर्फबाट प्रतिरक्षा गरेका छन् । रामशरण केसीको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बहस गरे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, महादेव यादव, प्रेम बहादुर खड्का, हरिहर दाहाल, प्राडा नृसिंहकुमार खत्री, रमन श्रेष्ठ, सुरेन्द्रकुमार महतो, गोपालकृष्ण घिमिरे (बार अध्यक्ष) र खम्मबहादुर खातीले बहस गरेका छन् ।  नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको तर्फबाट वरिष्ठ अधिवक्ता शरद कोइरालाले प्रतिरक्षा गरेका छन् ।

प्रतिवादीको तर्फबाट बहस गर्ने कानुन व्यवासायीहरु :

केशव दुलाल तर्फबाट :  अधिवक्ता विकाश भट्टराई, विकाश थापा, विश्वास आचार्य, योगेन्द्र अधिकारी, नरबहादुर योगी र राजन भट्टराई ।  

सानु भण्डारी तर्फबाट : अधिवक्ता विनोद शर्मा, चुडामणि पोखरेल, वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजाल, अधिवक्ता शालिकराम सापकोटा, शरणप्रसाद कोइराला, षडानन्द कँडेल, वरिष्ठ अधिवक्ता प्रा.डा.नृसिंहकुमार खत्री र वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ ।

टंककुमार गुरुङ : अधिवक्ता विनोद शर्मा,  वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ ।  

सागर राई : अधिवक्ता प्रकाश पौडेल, वरिष्ठ अधिवक्ता विनोद कार्की, अधिवक्ता सन्तोषप्रसाद भट्ट र इन्द्रप्रसाद पोखरेल ।

सन्देश शर्मा तर्फबाट : अधिवक्ता यज्ञ खतिवडा, गोपालराज अर्याल, नगेन्द्र चन्द, सुशीला कार्की र मंगल महर्जन ।

डा.इन्द्रजित राईको तर्फबाट : वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल, वरिष्ठ अधिवक्ता प्रकाश केसी, अधिवक्ता दिलकुमारी राई र कुमार अधिकारी ।

टोपबहादुर रायमाझी तर्फबाट : वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता परशुराम कोइराला, धर्मराज रेग्मी र आकृति रायमाझी ।

सन्दिप रायमाझी : अधिवक्ता ईश्वरी भट्टराई, डा.अवतार न्यौपाने,  बावुराम दाहाल र प्रविण बुढाथोकी ।

टेकनारायण पाण्डे तर्फबाट : अधिवक्ता राम घिमिरे, शरद कोइराला, डा.गणेश रेग्मी, जगतप्रकाश जोशी र वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ ।

नरेन्द्र केसी : अधिवक्ता केशरमणि अर्याल, लक्ष्मी थापा खड्का, पुरुषोत्तम अर्याल, वरिष्ठ अधिवक्ता देवेन्द्रबहादुर थापा, दामोदर अधिकारी, चिरञ्जीवी उपाध्याय र देव महत ।

गोविन्द चौधरी तर्फबाट : राम सुब्बा ।

रामशरण केसी तर्फबाट : अरुण ज्ञवाली, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता केदार गुरागाईं ।

बालकृष्ण खाणको तर्फबाट : अधिवक्ता पङ्कजकुमार कर्ण, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता महादेव यादव, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, अधिवक्ता लक्ष्मी थापा खड्का, एगराज पोखरेल, अजयशंकर झा, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रा.डा. नृसिंहकुमार खत्री, अधिवक्ता मणिराज उपाध्याय, वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता शुरेन्द्रकुमार महतो, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे (बार अध्यक्ष), अधिवक्ता ललितबहादुर बस्नेत र वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती ।

शमशेर मियाँ तर्फबाट : ऋषिराम घिमिरे, मन्दिरा अधिकारी, रवीन्द्र भट्टराई, मणिराज उपाध्याय, वरिष्ठ अधिवक्ता शरद कोइराला र योगेन्द्रबहादुर अधिकारी ।

टेकनाथ रिजाल (शरणार्थी नेता) : राजकुमार सुवाल, शम्भेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, डोरविक्रम थापा, प्रतिभा भट्टराई, प्रकाश बस्नेत, पुरुषोत्तम अर्याल, सन्तोष भण्डारी र राजेन्द्र पोखरेल ।

लक्ष्मी महर्जन र हरिभक्त महर्जन : प्रकाश महर्जन र उमेशप्रसाद अधिकारी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप