वाई३६ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो
काठमाडौँ । भिभोको नयाँ स्मार्टफोन वाई३६ छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्ट क्रिएटर र फेशनप्रति रुचि भएका व्यक्तिहरूको आवश्यकतालाई मध्यनजर गर्दै वाई३६ बनाइएको कम्पनीले जनाएको हो ।
वाई३६ मा स्लिक डिजाइन र सर्वोत्कृष्ट पर्फमेन्शको सही संयोजन रहेको कम्पनीको दाबी छ । यसमा फ्यान्सी फ्रेम र क्रिस्टल ग्लास रहेको छ भने गोल्डेन रिपल प्रोसेसले टेक्सचर थपेको छ । वाई३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउने कम्पनीले जनाएको छ । यो स्मार्टफोन दुई आकर्षक कलर भेरियन्ट –मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।
रियूमरका अनुसार वाई३६ मा स्न्यापड्रेगन ६८० प्रोसेसर आउनेछ, यो स्मार्टफोनले प्रभावशाली गति र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ । यति मात्र होइन, वाई३६ मा लामो समयसम्म टिक्ने ५०००एमएएच ब्याट्री पनि आउने बताइएको छ । साथै द्रुत चार्जिङका लागि यसमा ४४वाट फ्ल्यासचार्ज टेक्नोलोजी पनि हुनेछ । वाई३६मा ५० एमी एचडी को प्रमुख क्यामेरा रहनेछ भने १६एमपी एचडी पोट्र्रेट क्यामेराका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण