न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउँदै छौँः हरिकृष्ण कार्की
काठमाडौँ । प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताएका छन् ।
शुक्रवार संसदीय सुनुवाई समितिमा समिति सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति गर्नका लागि छुट्टै कोर्ष बनाउने र कोर्ष अनुसार पास भएमात्रै न्यायाधीश नियुक्तिको बाटो खुल्ने प्रणालीको विकास गर्न खोजिएको बताए । उनले उक्त प्रणाली लागू भए न्यायाधीश नियुक्तिमा आइरहेका ५० प्रतिशत समस्या समाधान हुने र बाँकी ५० प्रतिशत समस्या भने व्यवहारबाट समाधान गर्नुपर्ने बताए । उनले आफ्नो कार्यकालमा नै यो व्यवस्था लागू गर्नेगरी अघि बढेको बताए ।
उनले भने, ‘अब हामी जुडिसियल एकेडेमीलाई प्रोफेसनल बनाउने र त्यो जुडिसियल एकेडेमीमा न्यायाधीशहरुको एउटा कोर्स नै डेभलप गर्ने र त्यो न्यायाधीशको कोर्ष गरेको मान्छेमात्रै न्यायाधीश हुनसक्ने व्यवस्था गर्दैछौँ । त्यसले न्यायाधीशको योग्यता, क्षमत, निष्ठा, इमान, त्यो तालिममा सबै कुराहरु समावेश हुन्छन् । त्यस्तोमा मिनिमम प्रतिशत ल्याएरको व्यक्ति मात्रै न्यायाधीश हुनसक्ने प्रणाली विकास गर्नसक्यो भने अहिले भएका न्यायाधीशमा उठ्ने गरेका प्रश्नहरुको ५० प्रतिशत समाधान त्यहीँबाट निस्किन्छ । बाँकी ५० प्रतिशत व्यवहारबाट गर्नेकुरा हो । त्यसबाट हामी अघि बढ्नुपर्छ भनेर हामीले थ्रि सिएल्स एकेडेमीले जजेज कोर्षको एकेडेमी तयार गर्दैछ । यसले न्यायाधीश नियुक्तिमा ठूलो फड्को मार्नेछ ।’
कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको समेत बताए । आफूमाथिको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउन र प्रमाणित भएको खण्डमा पेशा छोडेर बाहिरिन तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण