बागमती प्रदेश : स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका अन्तर्गत विभिन्न कार्यक्रम अन्तर्गत ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । प्रदेशका ३ वटा अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी मेसिन वितरण गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तहको अध्यापनको सुरुवात गर्ने, प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ विनियोजन गरिने मन्त्री लामाले बताए ।
गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि निःशुल्क हवाई सेवा उपलब्ध गराउने, एक विद्यालय एक नर्स कार्यक्रम +२ सम्म विस्तर गरी ३० करोड ५४ लाख रुपैयाँ विनियोग गरेको मन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण