गण्डकीको बजेट प्राथमिकता : उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड
शुक्रबार, ०१ असार २०८०, १६ : २६

काठमाडौँ । गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । शुक्रवारको प्रदेशसभा बैठकमा आर्थिक वर्षको बजेट वाचन गर्दै अर्थमन्त्री जित प्रकाश आले मगरले बजेटले ‘उत्पादन र उत्पादकत्व अभिवृद्धि, पर्यटन प्रवर्द्धन, औद्योगिकीकरण सुदृढीकरण’मा जोड दिएको बताए ।
त्यस्तै बजेटमा ‘कृषि उत्पादन बढाऔँ, आयात प्रतिस्थापन गरौँ’ भन्ने नाराका साथ कृषिजन्य बस्तुको निर्यात प्रवर्द्धनका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै बाझो जमिन प्रयोगमा ल्याउन १ करोड ५२ लाख रकम विनियोजन गरेको अर्थमन्त्री मगरले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप