मृत्युको मीठो सुवास हौ तिमी
जीवन तिमी
मृत्यु तिमी
मुटु तिमी
धड्कन पनि तिमी
मेरो हर स्वासको
द्रष्टा तिमी
दृष्य पनि तिमी
सधैँ गुन्जिरहने
सुमधुर नाद हौ तिमी ।
दुःख तिमी
सुख तिमी
रागभित्र
वैराग्य तिमी
मेरो जीवनको
संघर्ष तिमी
तिमीबाट नै जीवन यो
मधुमासको फूलबारी हौ तिमी ।
पूर्णिमा तिमी
औंसी तिमी
हाँसोभित्र
आँसु तिमी
शुन्य आकाशमा चम्कने
तारा पनि तिमी
दूर गगनमा झुल्कने
नुर तिमी ।
प्रेम तिमी
बिछोड तिमी
रात तिमी
दिन पनि तिमी
भक्त तिमी
भक्ति पनि तिमी
आँसु र हाँसोको
कथा तिमी
प्रभात भई छर्ने
लालिमा तिमी
रातको निस्तब्ध
शान्ति हौ तिमी ।
गुरु तिमी
सत्गुरु पनि तिमी
बिर्सिनै नसकिने
याद पनि तिमी
जताततै तिमी नै तिमी
तिमी बिना यो जीवन अधुरो
मृत्युको मीठो सुवास हौ तिमी ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण