मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अस्पताल तोडफोडको घटना : चिकित्सक संघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

शनिबार, ०२ असार २०८०, १२ : ३७
शनिबार, ०२ असार २०८०

काठमाडौँ । गत जेठ ३० गते नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तहरूले अस्पतालमा तोडफोड गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरी अभद्र व्यवहार गरेको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भनेटेर ध्यानाकर्षण गराएको छ ।   

संघका प्रतिनिधिहरुले मन्त्री श्रेष्ठसँग स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको अमानवीय घटना घटाई समग्र स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको मनोबललाई नै निरुत्साहित पार्ने कार्यमा संलग्न दोषीमाथि छानबिन गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९’ बमोजिम कानुनी कारबाही गर्ने वातावरण सुनिश्चित गर्न एवं देशभरका सुरक्षा निकाय, न्यायिक एवं अर्धन्यायिक निकायहरूमा समेत उक्त ऐन बमोजिम आवश्यक कानुनी प्रावधान अवलम्बन गर्नका लागि विशेष सर्कुलर जारी गर्न आग्रह गरेको हो । 

संघका अनुसार २०८० सालको सुरुवातसँगै जस्तै नारायणी अस्पताल वीरगन्ज, सिन्धुली अस्पताल, सिराहा अस्पताल लगायतका देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका कैयौँ घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू  असुरक्षित महसुस गरिएको विद्यमान अवस्था छ । 

‘उपचाररत बिरामीको गम्भीरयतालाई नबुझी अस्वाभाविक रूपमा उत्तेजनामा आई अस्पतालमा तोडफोड गर्ने, अस्पतालको शान्तिपूर्ण वातावरणलाई खलल पुर्‍याई बिरामीहरूको उपचारमा खटिने चिकित्सक, तथा स्वास्थ्यकर्मी लगायतलाई मानसिक तनाव सिर्जना गरिनु गैर मानवीय कार्य हो,’ संघले आफ्नो विज्ञप्तिमा भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप