बिल गेट्सले भेटे सी जिनपिङ, के–के भयो कुराकानी ?

बेइजिङ । माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनमा भेटेका छन् । बिल गेट्सलाई ‘पुरानो साथी’ भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन दुवैलाई फाइदा हुने गरी सहयोग गर्न सक्ने बताएका छन् ।
भेटवार्ता चीनको राजधानी बेइजिङको आधिकारिक दियाओयु ताई गेस्ट हाउसमा भएको थियो। राष्ट्रपति सी जिनपिङले तीन वर्षपछि बिल गेट्सलाई भेट्न पाउँदा आफू निकै खुसी भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त भेटको भिडियो सार्वजनिक गरेको छ, जसमा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको जग दुवै देशका जनतासँग रहेको बताएका छन् । उनले भने, "वर्तमान विश्व परिस्थितिमा हामी दुवै देशका जनतालाई फाइदा हुने र सम्पूर्ण मानवताको हितमा हुने काम गर्न सक्छौँ।"
बुधबार बेइजिङ पुगेका बिल गेट्सले चिनियाँ राष्ट्रपतिसँगको भेटको यो अवसर पाउँदा आफूलाई सम्मानित भएको बताए । ‘हामीले सधैं राम्रो कुराकानी गर्यौं र आज हामीसँग छलफल गर्न धेरै महत्त्वपूर्ण विषयहरू हुनेछन्,’ उनले भने।
समाचार एजेन्सी रोयटर्सका अनुसार बिल गेट्सले आफ्नो व्यक्तिगत ब्लगमा आफू र सीले स्वास्थ्य सेवा, जलवायु परिवर्तन र विकासबीचका चुनौतीहरूबारे छलफल गरेको बताएका छन्।
ग्लोबल टाइम्सका अनुसार अब बिल र मेलिन्डा गेट्स फाउन्डेशनले बेइजिङ नगरपालिका सरकार र सिन्ह्वा विश्वविद्यालयसँग संक्रामक रोगहरूको उपचारका लागि अभिनव उपचारहरूमा काम गर्नेछ । यस कार्यका लागि फाउन्डेसनले ५ करोड डलर चन्दा दिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश
-
नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड
-
यातायात कार्यालयका अधिकृत गौतमविरूद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
-
दुई बुँदे सहमति पालना नभए माओवादी के गर्छ ?
-
हामीले गृहमन्त्रीलाई अपराधी भनेका छैनौँ : रास्वपा
-
प्रशासनमा पुग्यो न्यायपालिका अधिकृत समाजको विवाद