बिल गेट्सले भेटे सी जिनपिङ, के–के भयो कुराकानी ?
बेइजिङ । माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनमा भेटेका छन् । बिल गेट्सलाई ‘पुरानो साथी’ भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन दुवैलाई फाइदा हुने गरी सहयोग गर्न सक्ने बताएका छन् ।
भेटवार्ता चीनको राजधानी बेइजिङको आधिकारिक दियाओयु ताई गेस्ट हाउसमा भएको थियो। राष्ट्रपति सी जिनपिङले तीन वर्षपछि बिल गेट्सलाई भेट्न पाउँदा आफू निकै खुसी भएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ सरकारी सञ्चारमाध्यमले उक्त भेटको भिडियो सार्वजनिक गरेको छ, जसमा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको जग दुवै देशका जनतासँग रहेको बताएका छन् । उनले भने, "वर्तमान विश्व परिस्थितिमा हामी दुवै देशका जनतालाई फाइदा हुने र सम्पूर्ण मानवताको हितमा हुने काम गर्न सक्छौँ।"
बुधबार बेइजिङ पुगेका बिल गेट्सले चिनियाँ राष्ट्रपतिसँगको भेटको यो अवसर पाउँदा आफूलाई सम्मानित भएको बताए । ‘हामीले सधैं राम्रो कुराकानी गर्यौं र आज हामीसँग छलफल गर्न धेरै महत्त्वपूर्ण विषयहरू हुनेछन्,’ उनले भने।
समाचार एजेन्सी रोयटर्सका अनुसार बिल गेट्सले आफ्नो व्यक्तिगत ब्लगमा आफू र सीले स्वास्थ्य सेवा, जलवायु परिवर्तन र विकासबीचका चुनौतीहरूबारे छलफल गरेको बताएका छन्।
ग्लोबल टाइम्सका अनुसार अब बिल र मेलिन्डा गेट्स फाउन्डेशनले बेइजिङ नगरपालिका सरकार र सिन्ह्वा विश्वविद्यालयसँग संक्रामक रोगहरूको उपचारका लागि अभिनव उपचारहरूमा काम गर्नेछ । यस कार्यका लागि फाउन्डेसनले ५ करोड डलर चन्दा दिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण