हाइड्रोपावर कम्पनीहरूमा आइपीओ बहार
आइतबार, ०३ असार २०८०, १० : ५३
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गत र चालु आर्थिक वर्षको यस अवधिसम्ममा कुल ४२ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ । गत वर्ष १९ र चालु आर्थिक वर्षमा यसले २३ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
अहिलेसम्म आइपीओ निष्कासन गर्न अनुमति पाएका यस्ता कम्पनीहरुमध्ये आधाभन्दा धेरैले यही २ आर्थिक वर्षमा स्वीकृति प्राप्त गरेको देखिन्छ । चालु आर्थिक वर्ष सकिन अझै १ महिना बाँकी छ । र, बोर्डबाट आइपीओ बिक्री गर्न अनुमति कुरेर बसेका हाइड्रोपावर कम्पनी पनि धेरै छन् । तसर्थ, यो संख्या अझै बढ्ने सम्भावना उत्तिकै रहन्छ ।
पछिल्लो समय साधारण सेयर जारी गर्ने हाइड्रोपावर कम्पनीको संख्या ह्वात्तै बढेको छ । उनीहरुले पुँजी जुटाउनलाई आइपीओ निष्कासन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण