सोमबार समाजवादी मोर्चाको घोषणा गर्ने सहमति
काठमाडौँ । सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो ।
कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको माओवादी केन्द्रको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा, राजेन्द्र श्रेष्ठ र प्रमेश हमाललगायत दस्ताबेज तयारीमा जुटेका थिए ।
समाजवादी मोर्चामा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी रहने भएका छन् । यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत सहभागी गराउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण