शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा अलपत्र परेका १४ जना नेपालीको उद्धारका लागि पहल

आइतबार, ०३ असार २०८०, १५ : १२
आइतबार, ०३ असार २०८०

काठमाडौँ । यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारको पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) पहल थालेको हो ।

लामो समयदेखि यूएईमा कार्यरत रहेको उनीहरू २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरेर नेपाल फर्काउन लागिएको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

त्यसरी अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका श्रमिकहरु रहेका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहताm रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायतका रहेका छन् ।

समस्यामा परेकाहरूलाई एनआरएमए दुबईका अधिकारीहरूले भेट गरी घर फिर्ता पठाउन पहल थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप