कस्तो हुन्छ समाजवादी मोर्चाको संगठनात्मक स्वरुप ?
काठमाडौँ । सोमबार घोषणा हुने चार दल सम्मिलित समाजवादी मोर्चामा सहभागी दलका अध्यक्षले आलोपालो नेतृत्व गर्ने भएका छन् । साथै मोर्चालाई प्रदेश तथा जिल्ला हुँदै स्थानीय स्तरमै विस्तार गरेर लैजाने प्रस्ताव गरिएको छ । मोर्चा घोषणाका लागि कार्यदलले प्रस्ताव गरेको घोषणापत्रमा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्ष सहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।
उक्त समितिले आवश्यकताअनुसार उपसमितिहरू गठन गरी क्षेत्राधिकार तोक्न सक्ने अधिकार दिइने छ । ‘समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेर मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्न सक्ने छ’, प्रस्तावित मस्यौदामा भनिएको छ, ‘यो मोर्चालाई आवश्यकताअनुसार प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने छ ।’
त्यस्तै मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय गठन गर्ने र सदस्य दलहरूबाट तोकिए बमोजिमका प्रतिनिधिहरू राखिनेछ । सहमति–पत्रमा सहमति जनाएर हस्ताक्षर गर्ने दलहरू मोर्चाको सदस्य हुनेछन् । मोर्चा निर्माण भइसके पछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सक्ने सहमति पत्रको मस्यौदामा उल्लेख छ ।
‘यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि गर्ने छैनन् । तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने छन्’, मस्यौदामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण