समाजवादी मोर्चा
समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा
सोमबार, ०४ असार २०८०, १६ : ५०
काठमाडौँ । चार दलीय समाजवादी मोर्चामा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समेट्ने घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको प्रतिबद्धतात्रपमा समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि मोर्चामा समेट्ने घोषणा गरिएको हो ।
‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू यस मोर्चाको सदस्य हुने छन् । मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय गरी अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि यसमा समावेश गर्न सकिने छ’, प्रतिबद्धतापत्रमा भनिएको छ । यसका सदस्यहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने पनि प्रतिबद्धता जनाइएको छ ।
तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न स्वतन्त्र हुने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण