नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि फ्रान्सको उड्डयन प्राधिकरणसँग समझदारी
सोमबार, ०४ असार २०८०, २२ : १६
काठमाडौँ । मुलुकको हवाई सुरक्षा प्रणाली अभिवृद्धि गर्ने उद्देश्यले नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच समझदारी भएको छ । फ्रान्सको राजधानी पेरिसमा आज दुई मुलुकका हवाई उड्डयनका नियामक निकायबीच प्राविधिक र जनशक्ति व्यवस्थापन विकासका लागि चारवर्षे सम्झौता भएको हो ।
उक्त समझदारीपत्रमा नेपालका तर्फबाट क्यानका महानिर्देशक प्रदीप अधिकारी र डेमिन केजले हस्ताक्षर गर्नुभएको क्यानले जनाएको छ । समझदारीअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षा गुणस्तर अभिवृद्धिबारे कार्यक्रम सञ्चालन गरिने छ ।
यसले नेपालको हवाई सुरक्षा अभिवृद्धि हुने क्यानको विश्वास छ । नेपालको हवाई क्षेत्रमा उड्डयन सुरक्षा प्रणाली सुधारका साथै प्राविधिक दक्ष जनशक्ति विकासमा सहयोग पुग्ने सम्झौतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण