विवाहको ११ वर्षपछि बुवा बने ‘आरआरआर’ अभिनेता राम चरण

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता राम चरण पिता बनेका छन् । उनकी श्रीमती उपासना कामिनेनीले छोरी जन्माएकी छिन् ।
सोमबार राती अभिनेतालाई आफ्नी श्रीमती र परिवारका केही सदस्यसँग हैदराबादको अस्पताल भित्र प्रवेश गरिरहेको देखिएको थियो । अस्पतालले यसबारे जानकारी दिएको छ ।
अस्पतालको मेडिकल बुलेटिनमा लेखेका छ, ‘उपासना कामिनेनी र राम चरणले २० जून २०२३ मा हैदराबादको अपोलो अस्पताल जुबली हिल्समा छोरीलाई जन्म दिएका छन् ।
अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक भएको जानकारी दिएको छ । यी दुईलाई धेरैले बधाई दिइरहेका छन् ।
१४ जून २०१२ मा यी दुईको विवाह भएको थियो । विवाहको ११ वर्षपछि उनीहरुले छोरी जन्माएका हुन् । उपासनाले आफ्नो डिम्ब फ्रिज गरेर राखेकी थिइन् ।
उपासना पहिला आफ्नो करियरमा केन्द्रित हुन चाहन्थिन् । आमा बन्न उनले समय पनि लिइन् ।
राम चरण दक्षिणका ठुला स्टार हुन् । यस्तै उनकी श्रीमती उपासना व्यवसायी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?