बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुनका कुरा : नेपाली स्याट–१ अन्तरिक्षमा कति दिन रहेको थियो ?

मङ्गलबार, ०५ असार २०८०, ११ : ४१
मङ्गलबार, ०५ असार २०८०

१, सन् २०२४ को गृष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा हुने भएको छ ? 

(क) जर्मनी (ख) फ्रान्स (ग) इटाली (घ) अमेरिका

२, सानै छु बढ्न देऊ बाल विवाह होइन पढ्न देऊको अभियान चलाउने प्रदेश कुन हो ?

(क) सुदूर पश्चिम प्रदेश (ख) कर्णाली प्रदेश (ग) लुम्बिनी प्रदेश (घ) मधेस प्रदेश 

३, नेपालमा हरेक वर्ष राष्ट्रिय महिला अधिकार दिवस कुन दिन मनाइन्छ ? 

(क) जेठ ५ गते (ख) जेठ १० गते (ग) जेठ १६ गते (घ) जेठ २० गते 

४, विश्व बैङ्कको क्षेत्रीय कार्यालय श्रीलङ्काबाट कहाँ सारिएको छ ?

(क) भारत (ख) पाकिस्तान (ग) बङ्गलादेश (घ) नेपाल 

५, नेपाल दुःखी देशहरूको सूचीमा कतिऔँ स्थानमा पर्छ ?

(क) ६२ औँ (ख) ६३ औँ (ग) ६४ औँ (घ) ६५ औँ

६, नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खसेको थियो ?

(क) ८४१ दिन (ख) ८४२ दिन (ग) ८४३ दिन (घ) ८४४ दिन 

७, नेपालमा बनेको विद्युतीय मोटरसाइकल कहिलेदेखि दर्ता गर्न सुरु भएको हो ?

(क) वि.सं. २०८० साल वैशाख ३० गते (ख) वि.सं. २०८० साल जेठ १ गते (ग) वि.सं. २०८० साल जेठ २ गते (घ) वि.सं. २०८० साल जेठ ३ गते

८, दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको सफल आरोहण कहिले गरेका थिए ?

(क) वि.सं. २०८० साल जेठ ३ गते (ख) वि.सं. २०८० साल जेठ ४ गते (ग) वि.सं. २०८० साल जेठ ५ गते (घ) वि.सं. २०८० साल जेठ ६ गते 

९, द भ्वाइस किड्स नेपाल सिजन २ को उपाधि जित्ने प्रतिभाको नाम के हो ?

(क) पृथिवी सुब्बा (ख) विनोद सुब्बा (ग) प्रकाश सुब्बा (घ) स्पन्दन सुब्बा 

१०, भगवान् शिवको धनुषको नाम के हो ?

(क) पिनाक (ख) सारङ्ग (ग) गाण्डिव (घ) शिव धनु

११, चर्चित उपन्यास माधवीको लेखक को हुन् ?

(क) रुद्रराज पाण्डे (ख) ध्रुवचन्द गौतम (ग) मदनमणि दीक्षित (घ) कमलमणि दीक्षित 

 सही उत्तर

१–(ख), २–(क), ३–(ग), ४–(घ), ५–(ख), ६–(क), ७–(ख), ८–(ग), ९–(घ), १०–(क) ११–(ग)

स्रोत विभिन्न पत्रपत्रिका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप