आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशन गर्दै विजय लामा

मङ्गलबार, ०५ असार २०८०, १७ : ५९
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । कलाकार तथा पाइलट विजय लामाले फिल्म निर्देशन गर्ने भएका छन् । उनी ‘निरमाया’ भन्ने फिल्मबाट निर्देशनमा होमिन लागेका हुन् । फिल्म निर्माणको लगभग तयारी सकिएको उनले बताए ।

‘टेलिसिरियल, म्युजिक भिडियो, विज्ञापन फिल्म निर्देशक र धेरै अभिनय गरेको अनुभव छ मसँग । त्यो सबै अनुभव निर्देशनमा खन्याउन खोज्दै छु’, विजयले रातोपाटीसँग भने ‘‘निरमाया’ भन्ने फिल्मको तयारी लगभग सकिएको छ । यसबाटै फिल्म निर्देशनमा मेरो डेब्यु हुन्छ कि ।’ फिल्मको विषयमा विस्तृत जानकारी पछि दिने उनले बताए ।

विसं २०४० को फिल्म ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजयको अभिनय यात्रा अहिले पनि जारी छ । उनी अभिनीत पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 

अहिलेसम्म ६० बढी नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनय गरेका उनले हिरोदेखि भिलेनसम्म, सहायकदेखि चरित्र अभिनेतासम्म अभिनय गरेका छन् । उनी गायक पनि हुन् ।

टेलिभिजन प्रस्तोताको रुपमा समेत आफूलाई अगाडि देखाइसकेका लामाले म्युजिक भिडियो र विज्ञापन फिल्म  भने निर्देशन गरेका छन् । निर्देशकको रुपमा काम गर्न उनीसँग ‘निरमाया’को अलावा केही प्रोजेट छ । जसको होमवर्क उनले गरिरहेको बताए।

नेपालमा ठूला जहाज उडाउने ४ जनामात्र पाइलट छन्, तीमध्येका एक हुन् विजय । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध उनी पाइटल र कलाकारिता सँगसँगै अगाडि बढाइ रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप