फिल्म निर्देशन गर्दै विजय लामा
काठमाडौँ । कलाकार तथा पाइलट विजय लामाले फिल्म निर्देशन गर्ने भएका छन् । उनी ‘निरमाया’ भन्ने फिल्मबाट निर्देशनमा होमिन लागेका हुन् । फिल्म निर्माणको लगभग तयारी सकिएको उनले बताए ।
‘टेलिसिरियल, म्युजिक भिडियो, विज्ञापन फिल्म निर्देशक र धेरै अभिनय गरेको अनुभव छ मसँग । त्यो सबै अनुभव निर्देशनमा खन्याउन खोज्दै छु’, विजयले रातोपाटीसँग भने ‘‘निरमाया’ भन्ने फिल्मको तयारी लगभग सकिएको छ । यसबाटै फिल्म निर्देशनमा मेरो डेब्यु हुन्छ कि ।’ फिल्मको विषयमा विस्तृत जानकारी पछि दिने उनले बताए ।
विसं २०४० को फिल्म ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजयको अभिनय यात्रा अहिले पनि जारी छ । उनी अभिनीत पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।
अहिलेसम्म ६० बढी नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनय गरेका उनले हिरोदेखि भिलेनसम्म, सहायकदेखि चरित्र अभिनेतासम्म अभिनय गरेका छन् । उनी गायक पनि हुन् ।
टेलिभिजन प्रस्तोताको रुपमा समेत आफूलाई अगाडि देखाइसकेका लामाले म्युजिक भिडियो र विज्ञापन फिल्म भने निर्देशन गरेका छन् । निर्देशकको रुपमा काम गर्न उनीसँग ‘निरमाया’को अलावा केही प्रोजेट छ । जसको होमवर्क उनले गरिरहेको बताए।
नेपालमा ठूला जहाज उडाउने ४ जनामात्र पाइलट छन्, तीमध्येका एक हुन् विजय । सन् १९८५ देखि पाइलट पेसामा आबद्ध उनी पाइटल र कलाकारिता सँगसँगै अगाडि बढाइ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण