सातै प्रदेशमा वर्षाको सम्भावना, यी तीन प्रदेशमा भारी वर्षा

काठमाडौँ । देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो
-
पशुपति क्षेत्रमा दर्जनौँ बटुकहरूको सामूहिक व्रतबन्ध (तस्बिरहरू)
-
संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त हुँदैन : सांसद मिजार
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम