चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या
काठमाडौँ । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरूमा दृष्टिदोषको समस्या देखिएको छ ।
अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको उक्त परियोजना मार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका ७ लाख ८५ हजार ४६० जना बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिएको हो ।
सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ वर्षसम्मका विद्यालय जाने र नजाने बालबालिकाहरूको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण पश्चात् समस्या देखिएका बालबालिकाहरूलाई निःशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको नेपाल नेत्रज्योति संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताए ।
उक्त परियोजना मार्फत ४ वर्षमा २ हजार ५ सय ५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा जाँच गरिएको थियो । उक्त जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३ सय ८० जना बालबालिकाहरूलाई निःशुल्क चस्मा वितरण गर्नुका साथै २०१ जना बालबालिकाको आँखाको निःशुल्क शल्यक्रिया समेत गरिएको शाहले बताए ।
शाहका अनुसार आँखा जाँच गरी वितरण गरिएको चस्मा मध्य ६३ प्रतिशत बालबालिकाहरूले मात्र नियमित रूपमा चस्मा प्रयोग गरिरहेका छन् । ‘चस्मा लगाउँदा साथीहरूले जिस्क्याउने, आमाबाबुले छोरीहरूलाई विवाह गर्न कठिनाइ हुने भन्दै चस्मा लगाउन नदिने, चस्मा लगाउँदा सहजता नहुने र लजाउने जस्ता कारणहरूले पनि बालबालिकाहरूले नियमित रूपमा चस्मा नलगाएको देखिन्छ’ शाहले भने ।
नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ विराटनगर आँखा अस्पताल र मेचि आँखा अस्पताल मार्फत यी जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिकहरु पहुँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले विभिन्न दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी विभिन्न निःशुल्क शिविरहरु आयोजना गरिरहेको कार्यकारी निर्देशक डा.शैलेस कुमार मिश्रले बताए ।
परियोजनाले कार्यक्रम सञ्चालित जिल्लाका महिला स्वास्थ्य स्वयसेविका, शिक्षक तथा बिद्यायलका भिजन एम्ब्यास्डरहरुलाई आँखा जाँच सम्बन्धी आधारभुत तालिम समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण