आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दराजले ल्यायो ‘पे-डेको झट्का’

बुधबार, ०६ असार २०८०, १६ : १७
बुधबार, ०६ असार २०८०

काठमाडौँ । अनलाइन बजार दराजले ‘पे-डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरूको आनन्द लिनको लागि 'पे-डे' को सुरुवात गरिएको हो ।

पे-डेको झट्का अभियान ४ दिन (असार ७-१०) सक्रिय रहनेछ । दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदा रहने कम्पनीले जनाएको छ । 

‘दराजले किनमेल मात्र नभै बचतमा पनि जोड दिन्छ तसर्थ मासिक आम्दानी गर्नेहरुका लागि उच्च स्तरिय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ,’ कम्पनीले जनाएको छ।

अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले नि: शुल्क डेलिभरीको सुबिधा पाउनेछन् । यसका साथसाथै ग्राहकहरूले रु. ७७७ सम्मको भाउचरहरू पनि प्राप्त गर्न सक्नेछन् । 

त्यस्तै दराजले पनि अभियानको क्रममा ईसेवा मार्फत २०% छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी दराजमलबाट सामान किन्दा मेगा गिवअवेको रुपमा ग्राहकहरुले सामसुङ ग्यालेक्सी एमओफोर प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप