बालेन र हर्कलाई पार्टीमा जोड्न पाए असाध्य राम्रो हुन्थ्यो : लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगर मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई पार्टीमा जोड्न सकारात्मक रहेको बताएका छन् ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बालेन र हर्कलाई पार्टीमा जोड्न सके असाध्य राम्रो हुने बताए ।
२०८४ मा पार्टी स्वतन्त्रले साँच्चिकै स्वतन्त्रहरू हर्क बालेनलाई समेट्न सक्ला कि नसक्ला भन्ने प्रश्नमा उनले भने, ‘यो राम्रो हुन्थ्यो । त्यस्तो साथीहरूलाई हामीले जोड्न सके असाध्य राम्रो हुन्थ्यो ।’ उनीहरूलाई पार्टीमा जोड्ने चाहना रहेको भन्दै आफूहरू एक सय प्रतिशत सकारात्मक रहेको लामिछानेको भनाइ छ । ‘त्यो हाम्रो चाहना छदै छ । हाम्रो चाहना अनुरूप अन्य साथीहरूले पनि सोचिदिनु भयो भने हामी हाम्रो तर्फबाट एक सय प्रतिशत सकारात्मक छौँ,’ उनले भने ।
उनीहरूको कामको प्रशंसा गर्दै आएको उनको भनाइ छ । लामिछानेले भने, ‘ हाम्रो सम्बन्ध पनि सौहार्दपूर्ण नै छ । मैले उहाँको कामको निरन्तर प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’ बालेन र हर्कलाई रास्वपाका जोड्न पाए आफ्ना लागि खुसीको कुरा हुने लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण