श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो
बिहीबार, ०७ असार २०८०, २१ : ३४

कोलम्बो । श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ ।
राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ ।
एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो ।
खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ ।
गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ ।
श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ ।
सन् २०२३ को अन्त सम्ममा एकल–अङ्कको तथ्याङ्कमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउथ सुडान मिसनमा जाने १२औँ डफ्फाको बिदाइ
-
रुसको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
जबरजस्ती करणी मुद्दाका फरार व्यक्ति पक्राउ
-
चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा
-
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री यादव
-
यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्