नागरिकता पाउने बाटो खुलेपछि मधेशमा खुशीयाली
काठमाडौँ । अदालतको आदेशसँगै नागरिकता पाउने बाटो खुलेपछि मधेशमा सर्वसाधारणले खुशीयाली मनाएका छन् । मधेका चोक चोकमा दीपावली गर्दै मधेसी युवाहरुले खुशीयाली मनाएका छन् । सोही क्रममा काठमाडौँको मैतीघर मण्डलामा पनि तराई मधेशका युवाहरुले खुशीयाली मनाएका छन् ।
नागरिकताकै विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आमरण अनुसन नै सुरु गरेका थिए । उनले आमरण अनसन सुरु गरेको सातौं दिनमा नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । बिहिवार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो ।

नेता शर्माको अनसन तोडाउनका लागि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल माइतीघर पुगेका थिए । अनसन तोड्दै नेता शर्माले अदालतको आदेशले सदाका लागि नागरिकता समस्याको समाधान भएको बताउँदै यो दिन लाखौ नागरिकको लागि ऐतिहासिक दिन भएको धारणा राखे । उनले प्रधानमन्त्री प्रचण्ड र गठबन्धन दललाई धन्यवाद समेत दिएका छन् ।
माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका नेता एवं अधिवक्ता दीपेन्द्र झाले २०४९ सालदेखि नागरिकताका लागि लगातार संघर्ष हुँदै आएपनि २०८० मा मात्र आएर नागरिकता पीडितले नागरिकता पाउने सुनिश्चितता भएको बताए ।
_sD1WImFZ3t.jpg)
सो कार्यक्रमलाई जनता प्रगतिशिल पार्टीका उपाध्यक्ष डा.शिवजी यादव, नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले पनि सम्बोधन गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि काठमाडौँलगायत देशैभर आन्दोलन सुरु भएको थियो ।
_lpuBui8AP1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण