शक्तिशाली छोरी
तिम्रो सौन्दर्यको यहाँ
खुबै तारिफ हुनेछ
ह्विस्की, रमहरूमा तिम्रो रूपको
विज्ञापन बजाइन खोजिनेछ
तिम्रो सुन्दरताको मात्रै वर्णन गरेर
लेखिन खोजिनेछन् काव्यहरू
तिमीलाई केवल
एक शृङ्गार बनाइ राखेर
पोत्न खोजिने छन्
रङ्गमञ्चका भित्ताहरू
आउन सक्नेछ
कोही तिम्रो रूपको
बखानै बखान गरेर
तिम्रो प्रेमी हुँ भनेर
र, रुवाउन सक्नेछ तिमीलाई
सारा जिन्दगी भरलाई ।
तिमीले हेर्नु पर्नेछ यहाँ
सिसाको झ्यालखानामा कैद
सुन्दर सुनौला माछाहरू
बोन्साई गरेर कद मठारिएका
सुन्दर सुन्दर वृक्षहरु
तिमीलाई पनि त्यसै गरी
फूल जून या माछा
के के भनिनेछ, मानिनेछ
र तिम्रो रूप र सौन्दर्यमा
तारिफै तारिफको पुल बाँधी राखेर
तिमीलाई त्यसैमा अल्झाइ राखेर
तिमी फगत एक रूप
फगत एक यौवन
र कोमल प्रेमिका मात्रै हौ भनेर
बुझाउने प्रयत्न हुनेछ ।
त्यसैले प्रिय छोरी,
तिमी जब जन्मिनेछौ
तिम्री आमा र म तिमीलाई
सुन्दर भन्दा पनि
शक्ति भनेर अर्थ्याउनेछौँ
ज्ञान, विज्ञान र प्रतिभा
तिम्रो शक्ति हुनेछ
तिमी शक्तिशाली बन्नु छोरी
तिमी शक्तिशाली हुनु ।
खोटाङ, हालः दक्षिण कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण