कविता
टमाटर
शनिबार, ०९ असार २०८०, १८ : ३३
अर्गानिक भएर के गर्नु ?
स्वदेशी भएर के गर्नु ?
जब भाउ नै दिँदैनन्
अनि फालिनुपर्छ मैले
आफ्नै धर्तीमा सधैँभरी
गुणवान् भएर के गर्नु ?
ताजा भएर के गर्नु ?
जब तिमीले नै
छेकबार लगाएपछि
बहुमूल्य भएर पनि
कौडीको भाउ लागिरहेछ
बजारमा टमाटरको
जस्तो तिम्रो र मेरो बिचमा
लगाउँछन् यहाँ
छेकबार र भाउ
टमाटरको भाउ नबुझ्नेहरूलाई
मेरो भाउ कसरी थाहा होस् ?
र फालिरहेछौ तिमी मलाई
सडकमा, कौडीमा, वडा सदस्यमा... ।
कवि लालबन्दी नगर वाङ्मय परिषद्का संस्थापक सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण