बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु, चार जना घाइते

मङ्गलबार, १२ असार २०८०, १० : ४४
मङ्गलबार, १२ असार २०८०

सुर्खेत । खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् ।

जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । हावाहुरीले विद्युत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो । 

यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार अहिलेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप