खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जनाको मृत्यु, चार जना घाइते
सुर्खेत । खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका –८ की अन्दाजी १७ वर्षीय प्रमीला परियार रहेकी छन् ।
जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो । हावाहुरीले विद्युत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो ।
यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार अहिलेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण