आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
बजेट

जीतपुर सिमरा उपमहानगरले असार ३२ गते बजेट ल्याउने

मङ्गलबार, १२ असार २०८०, ११ : ४६
मङ्गलबार, १२ असार २०८०

बारा । बाराको १६ वटा पालिकामध्ये सबैभन्दा पहिला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको जीतपुर सिमरा उपमहानगरपालिकाले निर्धारित समयमा बजेट भने सार्वजनिक गर्न सकेन । जीतपुर सिमरा उपहानगरले असार ३२ गते बजेट ल्याउने भएको छ ।

यसअघि असार १० र १३ गतेका लागि बोलाइएको नगरसभा नीति तथा कार्यक्रम र बजेटको विषयलाई लिएर स्थगित भएको थियो । कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गरेपछि सभाको मिति तोकिएको हो । उपमहानगरले असार २ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

लोकसेवा आयोगमा वैकल्पिक छनोटमा परेका व्यक्तिहरुलाई म्याद थप, करारका शिक्षकहरुलाई कार्यसम्पादनको आधारमा करार अवधि थप गर्ने, ठेक्कापट्टा लगायतका विषयलाई लिएर एमाले वडाध्यक्षहरुले विरोध जनाएपछि समयमै बजेट सार्वजनिक गर्न नसकेको उपमहानगर स्रोतले जनाएको छ ।

गत वर्ष २ अर्ब २० करोडको अनुमानित बजेट सार्वजनिक गरेको जीतपुर सिमरा उपमहानगरले मालपोत कर र खोलाको ठेक्का नलागेपछि हिउँदे अधिवेशन मार्फत १ अर्ब ९२ करोडको संशोधित बजेट सार्वजनिक गरेको थियो ।

अगामी आर्थिक वर्षका लागि भने १ अर्ब ५६ करोडको अनुमानित बजेट सिलिङ तयार भए पनि हालसम्म विषयगत समितिहरुबाटै बजेटको टुङ्गो नलागेको एमाले वडाध्यक्ष हरिदेव खरेलले जनाए । ‘हामीले नीति तथा कार्यक्रममा सबैभन्दा पहिला ल्याउन सहयोग गरेकै हो, बजेटमा पनि हाम्रो कुनै विरोध छैन तर विषयगत समितिबाटै बजेटको टुङ्गो लागेर आउनुपर्‍यो भन्ने कुरा हो,’ वडाध्यक्ष खरेलले भने ।

लोकसेवा आयोगमा वैकल्पिकतर्फ नाम निकालेकाहरुलाई नगरप्रमुख राजन पौडेलले उपमहानगरमा नियुक्ति गरेपछि उपप्रमुखसहित एमाले वडाध्यक्षहरुले विरोध जनाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप