बजेट केही चुनावी क्षेत्रमा मात्र केन्द्रित भएको एमालेको आरोप
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले बजेट विनियोजन गर्दा प्रदेशको अर्थतन्त्र, सामाजिक आवश्यकता दिगो विकासका लक्ष्यमा ध्यान दिन नसकेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असन्तुलन भएको भन्दै सदनमा अवरोध सिर्जना गर्ने क्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । बजेटले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विकासका क्षेत्रलाई नसमेटेको उनले बताए ।
नेता थपलियाले नीति तथा कार्यक्रम, प्राथमिकता कर, राजस्वलाई सरकारले बजेटमा सम्बोधन गर्न नसकेको जिकिर गरे । सरकारले बजेटमा चालु खर्च कटौतीको योजनाहरू समावेश गरे पनि त्यसलाई पनि बजेटमा समेट्न नसकेको उनको भनाई छ । आगामी आर्थिक वर्षको बजेट केही चुनावी क्षेत्रमा मात्र केन्द्रित भएको उनले बताए ।
‘धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा मात्र कुल विकास बजेट ७ अर्बको हाराहारीमा देखिन्छ । कुल बजेटको २१ प्रतिशत बजेट तीन जिल्लामा मात्र विनियोजन भएको देखिन्छ ।’ उनले भने, ‘भौतिक पूर्वाधार विकास मन्त्री निर्वाचन क्षेत्र अन्तर्गतको मेलम्ची नगरपालिकामा २८ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।’ बजेट यसरी असन्तुलित हुन नहुने उनको भनाई छ ।
बजेटमा प्रदेशको राजधानी हेटौँडालाई समेत उपेक्षा गरिएको उनले बताए । हेटौँडा अस्पतालका करारमा कार्यरत कर्मचारीलाई हटाई स्वास्थ्य सेवालाई प्रभावित पार्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।
सरकारले सडक, खहरे पहिरो नियन्त्रण, खानेपानी योजनाको लागि ५/७ लाख रुपैयाँ दामासाही भागबन्डामा बजेट विनियोजन गरेर उपभोक्ता समितिमार्फत कार्यकर्ता पोस्ने काम गरेको उनले बताए ।
‘अघिल्ला सरकारले ल्याएका विद्युतीय बस, सुरुङ मार्गजस्ता गौरवका योजनामा बजेट विनियोजन गरिएको छैन । सरकारले गैरसरकारी संस्थाहरूको नामै तोकेर अनुदान दिने तर अपुरा योजनालाई पूर्णता दिने विषयमा बजेट मौन छ । खर्च कटौतीको लागि नयाँ सरकारी भवन निर्माण नगर्ने भनिए पनि सिन्धुपाल्चोकमा ३९ वटा नयाँ भवनको आवश्यकता किन प¥यो ?’ उनको प्रश्न थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण