शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ : सांसद पौडेल

मङ्गलबार, १२ असार २०८०, १८ : १८
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भएपनि पास गर्ने बताएका छन् । 

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भएपनि बजेट पास गर्ने बताए । उनले सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानुनी रुपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताए ।  

सांसद पौडेलले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकमान्तर गरेर भएपनि बजेट पास गर्नुको विकल्प नभएको बताए । उनले गठबन्धनभित्रका केही सांसदहरुले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गरे । उनले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताए । उनले अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने बताए ।  

सांसद पौडेलले बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समीकरण बनाउने निर्णय नगरेको बताए । उनले एमाले काँग्रेसको समीकरण बन्ने कुरा हल्ला मात्रै भएको बताए ।  

सांसद पौडेलले सरकारले भ्रष्टाचारको छानबिन कुनै दल विशेषलाई केन्द्रित गरेर अनुसन्धान प्रक्रिया अघि नबढाएको बताए । उनले आम नागरिकको आवाज भ्रष्टाचारजन्य विषयमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महसुस भएकाले जनताको आवाजलाई सरकारले निष्पक्ष रुपमा सुनुवाइ गर्न खोजेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप