बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ : सांसद पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेटलाई आवश्यकता अनुसार सच्याएर भएपनि पास गर्ने बताएका छन् ।
मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सांसद पौडेलले संसदबाट बजेट पास नहुँदा गठबन्धनमा नैतिक दबाब पर्ने भएकाले गठबन्धनले जसरी भएपनि बजेट पास गर्ने बताए । उनले सरकार बजेटका विषयमा प्रश्न उठेका विषयमा कानुनी रुपमा सच्याएर बजेट पास हुने वातावरण रहेको बताए ।
सांसद पौडेलले बजेट संशोधन हुन नसक्ने भन्ने नहुने भन्दै आयोजना तथा योजनामा बजेट रकमान्तर गरेर भएपनि बजेट पास गर्नुको विकल्प नभएको बताए । उनले गठबन्धनभित्रका केही सांसदहरुले बजेटमा असन्तुष्टि जनाए पनि बजेट पास हुने दाबी गरे । उनले बजेट पास भएपछि पनि वर्तमान गठबन्धनको सरकार कायम रहने बताए । उनले अहिले नै सरकार परिवर्तन हुने अवस्था नभएको भन्दै वर्तमान सरकारको निरन्तरता रहने बताए ।
सांसद पौडेलले बाहिर हल्ला आएजस्तो गठबन्धनमा रहेका दलले सरकार छोड्ने अर्को समीकरण बनाउने निर्णय नगरेको बताए । उनले एमाले काँग्रेसको समीकरण बन्ने कुरा हल्ला मात्रै भएको बताए ।
सांसद पौडेलले सरकारले भ्रष्टाचारको छानबिन कुनै दल विशेषलाई केन्द्रित गरेर अनुसन्धान प्रक्रिया अघि नबढाएको बताए । उनले आम नागरिकको आवाज भ्रष्टाचारजन्य विषयमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने महसुस भएकाले जनताको आवाजलाई सरकारले निष्पक्ष रुपमा सुनुवाइ गर्न खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण