पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने तयारी
मङ्गलबार, १२ असार २०८०, २१ : २१
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा बुधबार जलहरी राख्ने तयारी भएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो।
आयोग उच्च स्रोतका अनुसार बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।
पशुपति विकास कोषका एक अधिकृतका अनुसार जलहरीको नापजाँच मुचुल्का उठाइसकेकाले मन्दिरमा लगाइराखेको जलहरी पुनः राख्ने तयारी भएको हो । यसका लागि आयोगले समेत स्वीकृति दिइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण