पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने तयारी
मङ्गलबार, १२ असार २०८०, २१ : २१

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा बुधबार जलहरी राख्ने तयारी भएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
छानबिनका क्रममा आयोगसहितको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरी नापजाँच गरेको थियो।
आयोग उच्च स्रोतका अनुसार बुधबार बिहान ८ बजे जलहरी राख्ने तयारी छ । पशुपतिनाथ मन्दिरका मूल भट्टमार्फत जलहरी राख्न भारतबाट कालिगड र लाह बोकेर टोली आज नेपाल आइसकेको छ ।
पशुपति विकास कोषका एक अधिकृतका अनुसार जलहरीको नापजाँच मुचुल्का उठाइसकेकाले मन्दिरमा लगाइराखेको जलहरी पुनः राख्ने तयारी भएको हो । यसका लागि आयोगले समेत स्वीकृति दिइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार